अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

जेठको पहिलो साता एसईई, प्रश्नपत्र बनाउने कार्य सुरु

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:१९ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठको पहिलो साता गर्ने तयारी गरेको छ । ‘शिक्षा मन्त्रालयले शैक्षिकसत्र जेठसम्म कायम गर्ने निर्णय गरेको छ । अरु कक्षाको जस्तै इसईई पनि जेठमा हुन्छ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भन्नुभयो, ‘एसईई परीक्षा जेठको पहिलो साता गर्ने तयारी छ । बोर्डले मिति छिट्टै तय गर्छ ।’

परीक्षाका लागि फारम भर्ने काम सकिएको खकुरेलले जानकारी दिनुभयो । ‘६ गतेसम्म फारम भर्ने समय थियो । अब फारम भर्ने काम सकियो । विद्यालयले फारम भरेर जिल्लामा पठाएको छ’, उहाँले भन्नुभयोे, ‘जिल्लामा इन्ट्री भएपछि सिम्बोल नम्बर र परीक्षा केन्द्र निर्धारण हुन्छ ।’

परीक्षाका लागि प्रश्नपत्र निर्माणको काम सुरु भएको छ । ‘प्रश्नपत्र निर्माणको काम सुरु भएको छ’, नियन्त्रक खकुरेलले भन्नुभयोे, ‘केन्द्रगत रूपमा प्रश्नपत्र छपाइ गरेर पठाउँछौँ ।’ अघिल्ला वर्षहरूमा यो समयसम्ममा प्रश्नपत्र निर्माणको काम सक्थ्यिो । यो वर्ष कोरोना भाइरसका कारण पठनपाठन ढिला गरी सुरु भएकाले प्रश्नपत्र निर्माणमा ढिलाइ भएको हो ।

अर्कोतर्फ परीक्षा स्थानीय, प्रदेश वा केन्द्र कसले गर्ने भन्नेमा विवाद भएकाले पनि परीक्षाको तयारीमा ढिलाइ भएको हो । कानुन बाधक भएकाले प्रदेशले परीक्षा गर्न सम्भव नभएपछि राष्ट्रिय परीक्षा बोर्डले नै परीक्षाको जिम्मा पाएको हो ।

परीक्षा नियन्त्रक खकुरेलका अनुसार यो वर्ष करिब ५ लाख परीक्षार्थी हुनेछन् । ‘जिल्लामा इन्ट्री भएपछि परीक्षार्थीको संख्या थाहा हुन्छ’, उहाँले भन्नुभयोे, ‘नियमित र पुरानो गरेर करिब ५ लाख परीक्षार्थी हुन्छन् ।’ गत वर्ष ४ लाख ८२ हजार विद्यार्थीले फारम भरेका थिए । कोरोनाका कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो ।

परीक्षा सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिएको थियो । विद्यालयले मूल्याङ्कन गर्दा जथाभावी नम्बर दिएको भन्दै यो वर्ष बोर्डले नै परीक्षा गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू