अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

ला लिगामा एथ्लेटिकोलाई ५ अंकको अग्रता

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:१० मा प्रकाशित

स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग ५ अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा भियारियाललाई २–० ले हराउँदै एथ्लेटिकोले उपाधि दाबेदारी बलियो पारेको हो ।

खेलमा एथ्लेटिकोलाई विजयी गराउन हुँवा फेलिक्सले एक गोल गर्दा भियारियालका अल्फन्सो पेड्राजाले एक आत्मघाती गोल गरेका थिए । जितसँगै एट्लेटिकोले २४ खेलबाट ५८ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिालोना ५३ अंकसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको रियाल मड्रिडको ५२ अंक छ । रियालले पनि बार्सिलोनाले भन्दा एक खेल कम खेलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू