अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

कानुन कार्यान्वयनमा विशेष पहल गर्न महिला अधिकारकर्मीको सुझाव

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:०९ मा प्रकाशित

महिला अधिकारकर्मीहरूले कानुन कार्यान्वयन मापनमा विशेष पहल गर्न सांसदहरूलाई सुझाव दिएका छन् ।संघीय संसद सचिवालयले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्र्दभमा सोमबार सिंहदरबारमा गरेको कार्यक्रममा अधिकारकर्मीहरूले कानुन कार्यान्वयनमा सांसदहरूले विशेष चासो देखाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सहभागी महिला अधिकारकर्मी एंव संचारकर्मीले सरकारी निकायले अझै पनि पीडित महिलाको उजुरी लिन नमान्ने, सम्पत्तिमाथिको हक अधिकारका लागि कानुनी लडाईं गर्दा विभिन्न किसिमका उल्झनको सामना गर्नुपर्ने अवस्था रहेकाले कानुन कार्यान्वयन मापनको अनुगमन गर्न सुझाव दिए ।

मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण कानुन कार्यान्वयनमा नभइ सत्ता केन्द्रीत राजनीतिमा नै नेताहरूको ध्यान केन्द्रीत हुनु दुखद भएको उनीहरूको टिप्पणी थियो । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दहालले महिलाविरुद्धको हिंसा न्यूनीकरण, कानुन कार्यन्वयन र जनमैत्री कानुन निर्माणमा प्राप्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले ऐन मापनको क्षेत्राधिकार पनि भएकाले विद्यमान ऐन पीडीत मैत्री भए नभएबारे सुचकाङ्क बनाएर मापन गर्ने तर्फ पहल गर्ने आश्वासन दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू