अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:०९ मा प्रकाशित

इरानले आणविक सम्झौता पुन लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव अस्वीकार गरेको छ ।इरानले आफूविरुद्ध लगाइको प्रतिबन्द नहटाएसम्म वार्ताको वातावरण नबन्ने भन्दै अमेरिका र युरोपेली युनियनको प्रस्ताव अस्वीकार गरेको हो । सन् २०१५ मा भियनामा भएको आणविका सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा भंग गरेर आफूमाथि दवाव दिएको इरानको आरोप छ ।

सो आणविक सम्झौता अनुसार इरानले आफ्नो आणविक शक्ति उत्पादनलाई क्रमश घटाउँदै लैजाने बताइएपनि पालना नभएको भन्दै अमेरिकाले सम्झौताको एकतफी रुपमा भंग गरेको जनाएको थियो । अमेरिकाको नेतृत्व परिवर्तन भएसँगै राष्ट्रपनि जो वाइडेनले आणविकका सम्झौतालाई नयाँ ढंगबाट लागू गर्ने बताएसँगै केही महिनाअघि इरानले वार्ता गर्न सकिने जनाएको थियो । तर राष्ट्रपति वाइडेनले सम्झौता पालना गर्नुपर्ने पहिलो शर्त भएको बताएसँगै इरान वार्ताबाट पछि हटेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू