अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 04:17

अमेरिकामा एकपटक मात्र लगाए पुग्ने ४० लाख डोज खोप वितरण

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:०८ मा प्रकाशित

अमेरिकाले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको ४० लाख डोज खोप देशका विभिन्न राज्यमा वितरण गर्ने भएको छ ।अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ ।

जोन्सनको खोपलाई सामान्य तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए पुग्ने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुने बताइएको छ । अमेरिकामा जोन्सनसहित तीन वटा कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै फाइजर र मोडर्नाका खोपलाई अमेरिकाले स्वीकृति दिइसकेको छ ।

अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइृसकेका छन् । अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म पाँच लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू