अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

इंग्लीश प्रिमियर लिग –चेल्सी र युनाईटेडले गोलरहित बराबरीमा

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:०३ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र म्यान्चेस्टर युनाईटेडले भने गोलरहित बराबरीमा चित्त बुझाए ।साविक विजेता लिभरपुलले शेफिल्ड युनाईटेडलाई उसैको मैदानमा २–० ले हराउँदा आर्सनलले लेष्टर सिटीमाथि ३–१ को जित निकाल्यो । यसैगरी टोटनह्याम हट्सपरले बर्नलेलाई ४–० ले हराउँदा चेल्सी र म्यान्चेस्टर युनाईटेडले गोलरहित बराबरी खेलेका छन् ।

गएराति लण्डन क्लबहरु क्रिष्टल प्यालेस र फुल्हमले पनि गोलरहित बराबरीमै चित्त बुझाउनुपर्योे । गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।

समान खेलबाट ५० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ४९ अंकको लेष्टर सिटी तेस्रो तथा ४५ अंकको वेष्ट ह्याम युनाईटेड चौथो स्थानमा रहेको छ । पाँचौ स्थानको चेल्सीको ४४ अंक छ भने ४३ अंकको साथ लिभरपुल छैटौं स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू