अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

गौतमबुद्ध क्रिकेट रंगशालालाई आर्थिक संकट, ११ करोड रुपैयाँ ऋण

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:०३ मा प्रकाशित

चितवनको भरतपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट परेको छ ।धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गर्ने क्रममा आर्थिक संकट परेको जनाएको हो । हालसम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको विवरण सार्वजनिक गरिँदा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसामात्र आर्थिक संकलन भएको छ ।

हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा ऋण रहेको फाउन्डेशनले जनाएको छ । भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा निर्माणाधीन रंगशालाको कुल लागत ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अहिलेसम्म लागतको ९ दशमलव १ प्रतिशतमात्र रकम संकलन भएको छ ।

आर्थिक अभाव र ऋणकै कारण रंगशाला निर्माण कार्य अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको फाउन्डेशनले जनाएको छ । रंगशाला निर्माण कार्यमा मैदानको काम ८५ प्रतिशत र पारापिटतर्फ ३० प्रतिशत काम सकिएको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलको जानकारी दिनुभयो ।

यसैबीच फाउन्डेसनले आर्थिक संकलन गर्न ‘हाम्रो रंगशलामा मेरो कुर्सी’ अभियान थालेको छ । रंगशालामा रहने कुर्सीमा आफ्नो नाम लेखाउन चाहने दाताले एक लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने जनाइएको छ ।

 

प्रतिक्रिया