अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२१ | Colorodo: 11:36

विश्वभर कोरोना सङ्क्रमितको संख्या ११ करोड ३ लाख ४७ हजार

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:०१ मा प्रकाशित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या २५ लाख ४४ हजार ३७३ पुगेको छ भने, सङ्क्रमितको संख्या ११ करोड ३ लाख ४७ हजार ११३ पुगेको छ । कोरोना भाइरसको कारण बिरामी भएका ९ करोड ३ लाख १७ हजार ६९ जना निको भएका छन् । विश्वभरीमा २ करोड १९ लाख ९ सय ७१ जना हाल कोरोना भाइरस सङ्क्रमित उपचाररत रहेका छन् । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमित ९० हजार २८३ जनाको अवस्था गम्भीर रहेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २ करोड ९२ लाख ५५ हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण हाल सम्म अमेरिकामा ५ लाख २५ हजार ७७८ जनाको मृत्यु भएको छ । विश्वमा कोरोनाको कारण आज मात्रै १५ सय ४६ जना को मृत्यु भएको छ भने नयाँ संक्रमीत ६५ हजार ८ सय २७ जना थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू