अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्यो– संचारमन्त्री गुरुङ

बिआरटीनेपाल २०७७ फागुन १७ गते ६:५९ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री के पी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको बताउनुभएको छ ।सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री ओलीलाई राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको दाबी गर्दै राजीनामा नगर्ने स्पष्ट पार्नुभएको हो ।

प्रतिनिधि सभाको बैठक आह्वान भइसकेकाले संसदीय प्रक्रियाबाट प्रधानमन्त्री अघि बढ्ने उहाँको भनाइ छ । मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो । प्रधानमन्त्रीलाई राजीनामा गर्न दबाब दिनेहरूलाई आफ्नो राजनीतिक पृष्ठभूमि हेरेर राजनीतिबाट नै सन्यास लिन पनि उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू