अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

म्यान्चेस्टर सिटी लगातार २० खेलमा विजयी

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:२४ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार २० जित हात पारेको छ। गएराति भएको खेलमा वेष्ट ह्याम युनाईटेडलाई हराउँदै म्यान्चेस्टर सिटीले क्लबका लागि अभूतपूर्व सफलता हासिल गरेको हो ।खेलमा म्यान सिटीलाई विजयी गराउन रुबेन डियास र जोन स्टोन्सले एक एक गोल गरे । वेष्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काए । पेप ग्वार्डीयोलाको टोली म्यान्चेस्टर सिटीले प्रिमियर लिगमा गत डिसेम्बर १५ यता एक अंक पनि गुमाएको छैन ।

ग्वार्डीयोलाले सिटीका लागि २ सय ७३ खेलमध्ये २ सय खेल जितेका छन् । गएरातिको जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा आफ्नो पकड बलियो पारेको छ । २६ खेलबाट सिटीको ६२ अंक भएको छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड सिटीभन्दा १३ अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ । प्रिमियर लिगमा गएराति भएका अन्य खेलहरुमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई तथा वेष्ट ब्रोमले ब्राईटनलाई १–० ले हराउँदा न्युकासल युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू