अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

बेल्जियम – कोरोना फैलियो, लकडाउन हुने

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:२० मा प्रकाशित

बेल्यिजयमको नामुर कारागारमा १ सय ३२ कैदीबन्दी र ६० जना कर्मचारीमा कारोना संक्रमण पुष्टी भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने भएको छ । संक्रमित कैदीलाई भेट्न नदिएपछि आफन्तहरुले भने प्रदर्शन गरेका छन् ।

संक्रमितहरुलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्र रुप लिने जेल प्रशासनको भनाइ छ । प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको संक्रमणले देश नै कोरोनाको संकटमा परेको संकेत गर्दै लकडाउनको थप उपायहरु अपनाउने बताउनुभयो ।

महामारी नियन्त्रणको दिशामा अघी बढीरेहेको बेला संक्रमण फैलिएको भन्दै नियन्त्रणका लागि थप कदम चाल्ने उनको भनाइ छ । बेल्जियममा हालसम्म पनि रात्रीकालिन लकडाउन जारी छ । बेल्जियममा हालसम्म ७ लाख ६६ हजार ६ सय बढी कोरोना संक्रमित छन् भने २२ हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू