अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

प्रधानमन्त्री ओलीमाथि फेरि रामकुमारी झाँक्रीको कडा टिप्पणी

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:१७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षकी नेत्री रामकुमारी झाँक्रीले नेपाल ‘अनैतिक’ व्यक्ति शासक भएको मुलुक भएको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले नेपाली नागरिक अनैतिक शासकबाट शासित हुन विवश भएको टिप्पणी गर्नुभएको हो ।

संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेत्री झाँक्रीको यस्तो टिप्पणी आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि व्यक्तिगत लाञ्छाना लगाएको आरोपमा केही दिनअघि नेतृ झाँक्रीलाई प्रहरीले हिरासतमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू