अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:१२ मा प्रकाशित

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

हिजोको तुलनामा उहाँको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा.राजीव झाले जानकारी दिनुभयो । झाका अनुसार हिजो भन्दा आज नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउन थाल्नुभएको छ भने जोशीलाई आज बिहान देखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू