अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

कोरोनाका कारण विदेशमा थप ३ जना नेपालीको ज्यान गयो

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:११ मा प्रकाशित

कोरोनाको सङ्क्रमणबाट विदेशमा यो हप्ता थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट ज्यान गएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार यो हप्ता पोर्चुगल, फ्रान्स, यूएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । यो हप्ता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू