अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दाबी

बिआरटीनेपाल २०७७ फागुन १६ गते ६:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले शान्तिको सम्बन्धमा अलि अलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्ने बताउनुभयो ।

उहाँले समाधानको कार्यक्रम सम्भवतः छिट्टै हुने दाबी पनि गर्नुभयो । विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन आएसँगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग संवादलाई अघि बढाउनुभएको छ ।

तर, अदालतले संसद पुनस्र्थापना गर्ने आदेश दिएसँगै समूहसँगको संवादको प्रयास रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू