अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

नेकपा पार्टी विवाद निरूपणको तयारीमा निर्वाचन आयोग

बिआरटीनेपाल २०७७ फागुन १६ गते ६:५४ मा प्रकाशित

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विवादको समाधान गर्ने तयारी गरेको छ । नेकपाको आधिकारिकता तथा निर्वाचन चिन्हको बारेमा देखिएको विवाद निरुपनका लागि निर्वाचन आयोगले तयारी थालेको हो ।

निर्वाचन आयोग स्रोतका अनुसार सरकारले घोषणा गरेको निर्वाचन तत्कालका लागि रोकिएकाले पार्टी विवाद निरुपणका लागि दुबै पक्षको निवेदनमाथि अध्ययन जारी रहेको छ । पार्टीमा देखिएको विवाद निरुपणका लागि आयोगले संवैधानिक व्यवस्था, कानूनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर अध्ययन अन्तिम चरणमा पुर्याएको आयोग स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू