अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

लोकप्रिय हास्य टेलिशृंखला ‘हर्के हल्दार” अब देखि आइतबार राति ९ बजे प्रसारण हुने

बिआरटीनेपाल २०७७ फागुन १५ गते ९:१४ मा प्रकाशित

काठमाडौँ । कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रवार राति ९ बजे प्रसारण भइरहेको चर्चित हास्य व्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ फाल्गुण २३ गते देखि प्रत्येक आइतबार राति ९ बजे प्रसारण हुने भएको छ । समसमाहिक विषय बस्तुलाई ब्यङ्गत्माक तवर बाट सामाजिक सदभाब फैलाउँदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसङ्गति विकृतिहरू माथि चोटिलो प्रहार गर्दै आएको ‘हर्के हल्दार’ ले निरन्तर रूपमा सफलता हासिल गर्दै गएको छ । अत्यधिक दर्शकहरूको रोजाइमा परेको यस टेलिचलचित्र युट्युबमा समेत लोकप्रिय बनेको छ ।

शिव शर्माको लेखन रहेको ‘हर्के हल्दार’ को मुख्य भूमिकामा विष्णु सापकोटा (हर्के र लाहुरे) दोहोरो भूमिकामा, शिवहरि वैरागी(झम्के), रोशनी सापकोटा, सुरेन्द्र केसी (झगडे बिष्ने), शिव शर्मा, इन्द्र दोङ्ग खम्बे, सरु दाहाल(देउती), शान्ति बस्नेत (बाग्मती), सुशीला निरौला (बिमली) , अनुमति नेपाली, राजेन्द्र गिरि(गुन्द्रुके), विनोद परियार, यदु धिताल, अनिता कार्की, बिन्दा दुलाल, वासुदेव खनाल, आयुष्मा कार्की, अर्जुन दम्जाली, श्याम तामाङ, यदुनाथ धिताल, रामेश्वर ढकाल रहेका छन् । छायाकार प्रवेश पोखरेलको छायाङ्कन रहेको यस टेलिचलचित्रको मेकअपमा सञ्जय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन् ।

निर्माता इन्द्र दोङ्ग लामाको निर्माण रहेको यस चर्चित हास्यव्यङ्ग्य टेलिचलचित्र ‘हर्के हल्दार’लाई विष्णु सापकोटा र इन्द्र दोङ्ग लामाले निर्देशन गरेका छन् । समय सापेक्ष तथा दर्शकहरूको मागलाई ध्यान दिँदै ‘हर्के हल्दार’ विभिन्न परिबेसमा परिवर्तन गर्दै दर्शकहरूलाई नयाँ नयाँ स्वाद दिन पनि सफल भएको छ ।

कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रवार राति ९ बजे प्रसारण भइरहेको ‘हर्के हल्दार’ सो समयमा दर्शकहरूले अत्यधिक मन पराएको कार्यक्रम “कमेडी च्याम्पियन” आउने भएको हुँदा फाल्गुण २३ गते देखि प्रत्येक आइतबार राति ९ बजे कान्तिपुर टेलिभिजन बाटनै ‘हर्के हल्दार’ प्रसारण हुने हुँदा दर्शकहरूको पर्न गएको असुविधा प्रति ‘हर्के हल्दार’ परिवार क्षमापार्थि रहेको निर्माता इन्द्र दोङ्ग लामा बताउँछन्। आगामी दिनहरूमा पनि लोकप्रिय टेलिशृंखला हर्के हल्दार यसरी नै माया गरेर हेरिदिनु र सल्लाह सुझाव दिनुहुन ‘हर्के हल्दार’ परिवार आग्रह गर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू