अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन १५ गते ९:०३ मा प्रकाशित

काठमाडौँ । गायक प्रज्वल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गीत सार्वजनिक भएको हो । गीतमा शब्द, सङ्गीत समेत प्रज्वल श्रेष्ठकै रहेको छ । गीत गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।

प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा श्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायाङ्कन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणिले निर्देशन गरेका हुन् । युवाबर्गलाई लक्षित गरेर तयार पारिएको यो गीत मार्फत सुपरस्टार इन्टरटेनमेन्ट साङ्गीतिक क्षेत्रमा फेरि फर्किएको हो । एक समय सुपर हिट गीत दिएको सुपरस्टारले लामो समयपछि साङ्गीतिक क्षेत्रमा पुनरागमन गरेको छ ।

सुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुति लिएर ‘आगमन’ एल्बमका साथ आएको छ ।

प्रतिक्रिया