अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

गायक शिवहरि थापाको “जब टाढा गयौ तिमी” सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन १५ गते ८:५२ मा प्रकाशित

काठमाडौँ । जीवनमा कसलैलाई माया गरिन्छ भने कहिले काहीँ शङ्का गरिन्छ । किन कि जसलाई मन देखि माया गरिन्छ त्यही मान्छेलाई प्राय कहिले शङ्का गरी दैन कुनै बेला शङ्का गर्दा साँचो माया र आफूले मन मुटु बाट माया गरेको मान्छेलाई सधैँको लागि पनि गुमाइन्छ । यस्तै भवनमा भर्खरै मात्र गायक शिवहरि थापाको “जब टाढा गयौ तिमी” बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार अशोक कुमार तामाङको उत्कृष्ट शब्द रहेको गीतमा सूर्य दयालुले सङ्गीत भरेका छन् भने सङ्गीत समायोजन विपिन आचार्यले गरेका छन् । अरोमा इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको गीत बाबुकाजी बस्नेतले निर्माण गरेका हुन् । अभि लामाले निर्देशन गरेका भिडियोमा समीर तामाङ र करुणा मगरले अभिनय गरेकी छिन् भने उत्तम हुमागाईंले छायाङ्कन गरेका हुन भने फराज अर्पनले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया