अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

काली र अस्मिताको ‘मैना’मा विज्ञान र गरिमाको रोमान्स (भिडियो)

बिआरटीनेपाल २०७७ फागुन १५ गते ८:३६ मा प्रकाशित

काठमाडौँ- कलाकार विज्ञान र मोडेल गरिमा शर्मा फिचर्ड ‘मैना’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा गायक कालीप्रसाद बास्कोटा र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। गीतमा कालीकै शब्द र सङ्गीत छ। म्युजिक भिडियोमा विज्ञान र गरिमा बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

पनौतीमा छायाङ्कन गरिएको यस भिडियोलाई शंकल भुजेलले खिचेका हुन् । भिडियोमा कृष्ण भण्डारी र ग्लेज इन्टरटेनमेन्टको सम्पादन रहेको छ। रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको हो । भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भारतको दिल्लीमा लामो समय थिएटर सिकेर नेपाल फर्केका कलाकार विज्ञानको यो डेब्यु म्युजिक भिडियो हो । यसअघि उनले केही चलचित्र र नाटकको अनुभव बटुली सकेका छन् । ‘मैना’लाई दर्शक, श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

प्रतिक्रिया