अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

५ सयले घट्यो सुन, चाँदीको मूल्य बढ्यो

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:३३ मा प्रकाशित

कारोबार हुने साताको पाँचौं दिन सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्यमा भने १० रुपैयाँ बढोत्तरी आएको छ ।बिहीबार छापावाल सुन ८९ हजार ३ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन ८८ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलाको ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो । महासंघले आज चाँदीको मूल्य १ हजार ३ सय ५५ रुपैयाँ प्रतितोला तोकको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू