अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

युरोपियन च्याम्पियन्स लिग – म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:३३ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो लेगको खेलमा स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टालाई १–० ले हरायो ।एटलान्टालाई उसैको मैदानमा पराजित गर्न रियाल मड्रिडका फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा निर्णायक गोल गरे ।

गएराति भएको दोस्रो खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले पराजित गर्यो । सिटीका लागि बर्नार्डो सिल्भा र ग्याब्रियल जिससले एक एक गोल गरे । पछिल्लो समय निकै उत्कृष्ट फर्ममा रहेको म्यान्चेस्टर सिटीको यो लगातार १९ औं जित हो ।

गएरातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिन अन्तर्गत पहिलो लेगका सबै ८ खेल सकिएका छन् । दोस्रो लेगका खेलहरु मार्च १० तारिखदेखि हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू