अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

म्यानमारमा सैनिकलाई फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:२९ मा प्रकाशित

फेसबुकले सैन्य कू मार्फत् सत्ता हत्याएको म्यानमार सैनिकलाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।सैन्य कू विरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई फेब्रअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाका कारण देखाउदै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध लगाउनु परेको जनाएकोछ ।

म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाइरहन दिनु निकै खतरापूर्ण रहेको फेसबुकले बताएको छ ।यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बै बन्द गरिदिएको थियो । म्यानमारमा सेनाले सत्ता लिएपछि भएका प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भैइसकेको छ भने सैन्य कु को चौतफी विरोध भैरहेकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू