अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

‘प्रतिनिधिसभा पुनःस्थापनाले संविधान थप बलियो भयो’– महामन्त्री सिंह

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:२७ मा प्रकाशित

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान राजनीतिक अस्थिरताको कारक केपी शर्मा ओली भएको बताउनु भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाले संविधान थप बलियो बनाएको तर्क गर्दै महामन्त्री सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू