अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

युरोपा लिगमा आजै राति १६ खेल हुँदै

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:२६ मा प्रकाशित

युरोपा लिग फुटबल अन्तर्गत आज १६ खेल हुँदैछ । अन्तिम ३२ को दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलले बेन्फिकासँग खेल्दैछ । आर्सनलले ग्रीसको एथेन्समा पोर्चुगिज क्लबसँग खेल्न लागेको हो । आर्सनल र बेन्फिकाबीचको खेल राति ११ः४० बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छन् ।यस्तै बिहीबार राति नै हुने अर्को खेलमा म्यानचेस्टर युनाइटेडले रियल सोसिडाडसँग खेल्नेछ । लेष्टर सिटीले स्लाभियासँग भिड्दा रोमाले ब्रागासँग प्रतिस्पर्धा गर्नेछ । राति नै एसी मिलानले एफके क्रभेना तथा नापोलीले ग्रानडासँग भिड्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू