अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

सीमामा गोली हानाहान रोक्न भारत र पाकिस्तानबीच सहमती

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:२२ मा प्रकाशित

सीमा क्षेत्रमा गोली हानाहान रोक्न भारत र पाकिस्तानका सेनाबीच सहमती भएको छ । दुबै देशका सेनाका डिजिएमओ अर्थात सैन्य अभियानका महानिर्देशकबीच आज भएको वार्तामा यस्तो सहमती भएको हो ।

दुबै देशका सीमा क्षेत्रमा गोली हानाहान भएपछि यसलाई रोक्न दुबै देश सहमत भएका हुन् । वार्तापछि जारी गरीएको संयुक्त वक्तव्यमा आज राती देखि पूर्वसहमती, आपसी समझदारी र युद्धविराम पूर्ण रुपमा पालना गर्ने उल्लेख गरिएको बिबिसी हिन्दीले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू