अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

सर्वोच्चले मुलुकलाई अस्थिरता हुनबाट बचायो – उपेन्द्र यादव

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:२१ मा प्रकाशित

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले मुलुकलाई राजनीतिक अस्थिरता र अनिश्चितता हुनबाट रोकेको बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका यादवले संघीयता, गणतन्त्र र लोकतन्त्र नै ध्वस्त पार्ने योजनाका साथ भंग गरिएको संसद् पुनर्स्थापना गरेर सर्वोच्च अदालतले आन्दोलन, अस्थिरता र अनिश्चितताबाट मुलुकलाई जोगाएको बताउनुभएको हो ।

जनता समाजवादी पार्टी इलामले बिहीबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वोच्च अदालतले केपी ओलीको निरंकुश बन्ने सपनालाई रोकेको दाबी गर्नुभयो । राजनीतिक अन्योलता सिर्जना गरी संविधान निस्तेज पारेर निरकुंश शासक बन्ने केपी ओलीको कल्पना असफल भएको अध्यक्ष यादवको भनाइ थियो । कार्यक्रममा वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य शरदसिंह भण्डारीलगायतले प्रतिनिधिसभा पुनःस्थापनाले जनतामा लोकतन्त्रप्रतिको विश्वास बढेको धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू