अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

कांग्रेस पदाधिकारी बैठक– नेकपा विवाद नटुंगिएसम्म भावी सरकारको बारेमा निर्णय नगर्ने

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:१४ मा प्रकाशित

कांग्रेसले सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकारको बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको हो ।

नेता कृष्णप्रसाद सिटौलाका अनुसार नेकपाका प्रचण्ड–नेपाल समूह र ओली समूहले भेट्न खोज्यो भने दुवै पक्षसँग भेट्ने, छलफल गर्ने तर अहिले नै कुन पक्षलाई समर्थन गर्ने भन्ने निष्कर्ष ननिकाल्ने विषयमा बैठकमा एकमत भएको छ । त्यस्तै नेता अर्जुननरसिंह केसीले नेकपा अलग–अलग पार्टी नै बन्ने निश्चित नभएसम्म कांग्रेस यो वा त्यो पक्षलाई समर्थन गर्ने भन्ने निर्णय नगर्ने विषयमा समझदारी भएको जानकारी दिनुभयो ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले संसद् बैठक सुरु भएपछि प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई पदच्यूत गराउने बाटो खोजिरहेको छ भने ओलीले आफू प्रधानमन्त्रीमा निरन्तरताका लागि वा आफ्नो पक्षले सरकार सञ्चालनको प्रयास गर्ने कसरतमा देखिएका छन् । प्रचण्ड–नेपाल समूहले भने कांग्रेस, जसपालगायत दलसँग सत्ता समिकरणका लागि संवाद समेत थालिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू