अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

नेकपा कसको भन्नेबारे सर्वोच्चले फागुन २० गते फैसला सुनाउने

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:१३ मा प्रकाशित

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हो भन्नेबारे निर्णय सुनाउने भएको छ । ऋषिराम कट्टेलले नेकपा नाममा दावी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने निर्णय गरेको सर्वोच्च अदादलका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

कट्टेलले २०७५ मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टीमाथि दावी गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्नुभएको थियो । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकता गरेको पार्टीलाई आफ्नो पार्टीको नाम दिएपछि कट्टेलले मुद्दा दर्ता गराउनुभएको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरू आधिकारिक भएको दाबी गर्दै आएका छन् । ओलीले पनि नक्कलीहरूले मात्र आधिकारिकता दाबी गर्ने भन्दै आफ्नो समूह नै आधिकारिक भएको बताउँदै आउनुभएको छ । ओली र प्रचण्ड–नेपालबीच पार्टीको आधिकारिकताको बहस चलिरहँदा सर्वोच्चले नेकपाको विषयमा फैसला गर्न लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू