अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

गायिका अञ्जु पन्त र थीर कोइरालाले गरे विवाह

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:२८ मा प्रकाशित

गायिका अञ्जु पन्त र उनका प्रेमी थीर कोइराला विवाह बन्धनमा बाँधिएका छन् । विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको चर्चमा विवाह गरेका हुन् ।

उनीहरु दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विवाह गरेका हुन् । केही समय अगाडि अन्जुले विवाह गर्ने विषयमा कुराकानी गरे पनि मिति भने पक्का गरेकी थिइनन् । कोरोनाका कारण धेरै मानिसलाई बोलाउन नसकेकाले दुबै जनाको परिवारको उपस्थितीमा मात्रै उनीहरुले विवाह गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू