अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

नेपालमा ६१९ भन्दा बढी कोरोना संक्रमितको मृत्यु, मन्त्रालयले सच्यायो तथ्यांक

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:२७ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयको तथ्यांक भन्दा थप ६ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि तथ्यांक सच्याइएको छ । मन्त्रालयले बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्यामा ६ सय १९ जना थप गरेको हो ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायको तथ्यांकको आधारमा अद्यावधिक गर्दा मन्त्रालयको तथ्यांक कम भएको र गल्ती सच्याइएको मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको र मन्त्रालयले थप गरेको ६ सय १९ जना गरेर नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ६ सय ८४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू