अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

अमेजनका संस्थापक जेफ बेजोस बने संसारकै धनी व्यक्ति, बिल गेट्स तेस्रोमा

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:२२ मा प्रकाशित

अनलाइन सपिङ प्लेटफर्म अमेजन का संस्थापक जेफ बेजोस एक पटक पुनः संसारका सर्वाधिक धनाढ्य बन्न सफल भएका छन् ।विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कलाई पछी पार्दै बेजोस यो वर्षकोसंसारको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । यसअघि गत जनवरीमा मात्रै बिद्दुतिय कार निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकृत एलन मस्क बिश्वका सर्वाधिक धनाढ्य ब्यक्ति बनेका थिए ।

एक महिना अघि टेस्लाको सेयरको मूल्यमा अत्यधिक बढोत्तरीका कारण एलन मस्कको कूल सम्पत्ति १ खर्ब ८५ अर्ब डलर माथी पुगेको थियो । तर एलन मस्क सेयर मूल्यमा आएको गिरावटका कारण दोस्रो स्थानमा आएका छन् ।

यो बर्ष उनको सम्पत्तिमा १५ बिलियन डलरको कमी आएको हो । ब्लूमबर्ग बिलियनर्स इन्डेक्सको पछिल्लो डाटा अनुसार बेजोस १ सय ८६ बिलियन डलर सम्पत्तिसहित शीर्ष स्थानमा फर्किएका हुन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स भने १ सय ३५ बिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू