अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

‘कोभ्याक्स’ सुविधामार्फत कोरोना खोप पाउने ‘घाना’ बन्यो विश्वकै पहिलो देश

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:२१ मा प्रकाशित

पश्चिम अफ्रिकी मुलुक घाना, कोभ्याक्स सुविधामार्फत कोरोनाविरुद्धको खोप पाउने विश्वको पहिलो देश बनेको छ ।घानाको राजधानी अक्रामा कोभ्याक्समार्फत एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको ६ लाख खोपको मात्रा पुगेको छ ।

घानामा हालसम्म ८० हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने ५ सय ८० जनाको मृत्यु भएको छ ।विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रमअन्तर्गत विश्वभर समान रुपमा कोरोनाको खोप पु¥याउने उद्देश्य राखेको छ ।

कोभ्याक्समार्फत यो वर्षको अन्त्यसम्म १ सय ९० मुलुकमा दुई अरब खोप उपलब्ध गर्ने लक्ष्य लिइएको छ ।कोम्याक्सबाट ९८ धनी मुलुकसंगै ९२ गरिब मुलुकलाई पनि खोपको सुनिश्चितता गर्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन र यूनिसेफले कोभ्याक्सको शुरुवातलाई महत्वपूर्ण अबसर भन्दै यसबाट महामारी अन्त्य हुने दिशा तर्फ उन्मुख हुने विश्वास जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू