अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

नेदरल्याण्डमा लगाइएको कफ्र्यूको अवधि बढाइयो

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:१७ मा प्रकाशित

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्यूको अवधि बढाइएको छ । दोस्रो लहरको भाइरसको प्रकोपपछि कफ्र्यूको समयावधि बढाइएको प्रधानमन्त्री मार्क रुटले बताउनुभएको छ । आफुहरु सहज अवस्थाको पर्खाइमा रहेको र कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेको उहाँले बताउनुभएको छ । अबका दिनमा पनि भाइरसको अर्को लहर आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयासरत रहेको पनि प्रधानमन्त्री रुटले बताउनुभएको छ ।

आगामी मार्च ३ तारिखदेखि अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने तयारी भैरहेको र प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने पनि उहाँले बताउनुभयो । हाल कतिपय स्थानमा विभिन्न समयमा कफ्र्यूको घोषणा गरिएको छ र सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याईएको छ । कफ्र्युको बिरोधका नागरिकहरुले प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू