अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१
| Colorodo: 11:06
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्दा राम्रो हुने बताउनु भएको छ । सर्वोच्चले प्रतिनिधि सभा पुनस्र्थापना गरेकोले ओलीले कि त प्रतिनिधि सभामा बहुमत पुर्याउनुपर्र्नेे नभए छोड्नुपर्ने देउवाको भनाइ छ ।
तर उहाँलाई यसो गर उसो गर भनेर आफुहरुले नभन्ने र त्यो बिषय उहाँको पार्टीको रहेको देउवाले बताउनुभयो । सभापति देउवाले पार्टी संसदीय दलको बैठक पनि राख्ने बताउनुभएको छ । काँग्रेस सँग संसदमा कम सिट रहेको देउवाको भनाइ छ ।
अब प्रतिनिधि सभा सशक्त भूमिका निर्वाह गर्नुपर्ने सभापति देउवाको भनाइ थियो । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आज भएको विचार गोष्ठीमा देउवाले यस्तो बताउनुभएको हो ।