अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

बदलिंदो समयमा अब मिलेर अगाडी बढ्न देउवालाइ प्रचण्ड –नेपालको आग्रह

बिआरटीनेपाल २०७७ फागुन १२ गते ७:४३ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ । आज दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा जानुभएको थियो । भेटघाटमा पछिल्लो राजनीतिक घट्ना क्रमको बारेमा छलफल भएको छ ।

दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्को चरणको वार्तामा बस्न सहमत भएको बताईएको छ । भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गर्नुभएको छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू