अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१९ | Colorodo: 12:34

प्रतिनिधिसभा पुनःस्थापनाको खुसियालीमा प्रचण्ड –नेपाल समूहको ‘विजय जुलुस’

बिआरटीनेपाल २०७७ फागुन १२ गते ७:४१ मा प्रकाशित

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहर्याउँदै पुनर्स्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डौमा खुसीयाली जुलुस निकालेको छ । काठमाण्डौको शान्तिवाटिकामा भेला भएको जनसमुदायले सरकारको असंवैधानिक कदम न्यायालयले सच्चयाएको जनाउँदै खुसीयाली साटासाट गरेको थियो । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

सरकारको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आउँदो वैशाखमा मध्यावधि चुनाव घोषणा गर्नुभएको थियो । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपाको प्रचण्ड–माधव समूह लगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए ।

शान्तिवाटिकामा भेला भएका प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताले जुलुससहित नगर परिक्रमा गरेका थिए । जुलुसमा समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसाल र जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू