अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

विजयी भएसँगै युभेन्टस उक्लियो तालिकाको तेस्रो स्थानमा

बिआरटीनेपाल २०७७ फागुन ११ गते ८:१७ मा प्रकाशित

इटालीयन लिग फुटबल ‘सिरी ए’ मा युभेन्टसले क्रोटोनीलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा युभेन्टसलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा वेस्टन म्याक्केनीले एक गोल थपे ।

जितसँगै युभेन्टस सिरी ‘ए’ को अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । २२ खेलबाट उसको ४५ अंक छ । एक खेल बढी खेलेको एसी मिलान ४९ अंकसहित दोस्रो स्थानमा रहँदा शिर्ष स्थानको इन्टर मिलानको ५३ अंक छ । पराजित टोली क्रोटोनी भने १२ अंकको साथ तालिकाको पुछारमा खुम्चिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू