अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६
| Colorodo: 12:01
सरकारले फेवातालको क्षेत्रफल नाप्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको हो । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था आएपछि अहिले फेवातालमा पानीको सतह घटाइएको छ ।
२०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो । त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एक सय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन । बैठकले अन्य विविध निर्णयहरु पनि गरेको बताईएको छ ।