अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

सर्वोच्चले देशलाई दुर्घटनामा जानबाट जोगायो – कांग्रेस नेता रामचन्द्र पौडेल

बिआरटीनेपाल २०७७ फागुन ११ गते ७:३७ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताउनुभएको छ ।संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको छ । म न्यायमुर्तिहरुलाई धन्यवाद दिन्छु,’ पत्रकारसंगकोे संक्षिप्त प्रतिक्रियामा पौडेलले भन्नुभयो ।

अब संसदले नै नयाँ नेतृत्व चयन गर्नुपर्ने पनि पौडेलको भनाई छ । केपी शर्मा ओलीलाई अब सत्तामा एक सेकेन्ड पनि रहने नैतिक अधिकार नरहेको उल्लेख गर्दे उहाँले प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू