अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने

बिआरटीनेपाल २०७७ फागुन १० गते ८:४८ मा प्रकाशित

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिको रूपमा रायमाझीलाई पठाउन लागेको हो ।

१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को विजेता भएपछि छानिएकी हुन् । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन् ।

२१ वर्षीय रायमाझी प्रतियोगीताका लागि मार्चको पहिलो साता इजिप्ट उड्ने तयारीमा छिन् । कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफूले प्रचार गर्ने उनले बताइन् ।

मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैठौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले, मौनता लामा सहभागिता जनाएका थिए ।

‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सी.पी. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरिका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

‘मिस इको इन्टरनेशनल’को उपाधि नेपाल भित्रिने आसा सहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रिन आर्ट मिडियाका सिइयो प्रवीण लाकौलले बताए । ग्रिन आर्ट्स मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रूपमा रहेकी छन् ।

प्रतिक्रिया