अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

हामी म्यानमारका नागरिकको साथमा छौँ – अमेरिकी विदेशमन्त्री ब्लिंकेन

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:२० मा प्रकाशित

सैनिक ‘कू’ विरुद्धको अभियानमा म्यानमारको जनताको साथमा रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बताउनुभएको छ । ब्लिंकेनले एक ट्विट गर्दै भन्नुभएको छ , ‘म्यानमारका जनताको विरुद्धमा हिंसा फैलाउनेहरुका विरुद्ध अमेरिकाले कडा कारबाही गर्न जारी राख्ने छ किनकी उनीहरुले लोकतान्त्रिकरुपमा निर्वाचित सरकारको पुनःस्थापनाको माग गरिरहेका छन् । हामी म्यानमारको साथमा उभिरहेका छौँ ।’

म्यानमारमा प्रदर्शनका क्रममा प्रहरी दमनमा परी दुई प्रजातन्त्र समर्थक प्रदर्शनकारीको मृ्त्य र म्यानमारका कार्यवाहक राष्ट्रपतिलाई प्रतिबन्ध लगाएको १० दिनपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो ।

म्यानमारमा सैनिक ‘कू’ का विरुद्ध दिन प्रतिदिन विरोध प्रदर्शन बढ्दै गइरहेको छ । हजारौँ प्रदर्शनकारीहरु म्यानमारका विभिन्न सहरका सडकमा उत्रिएका छन् । विरोध प्रदर्शनमा हालसम्म प्रहरीको गोलीबाट २ व्यक्तिको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू