अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७
| Colorodo: 23:32
अमेरिका कोरोना महामारी शुरु भएदेखि यता करिब ५ लाख व्यक्तिको मृत्यु भएको छ ।जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसबाट ४ लाख ९८ हजार जनाको मृत्यु भएको हो ।
अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै अमेरिकीको पहिलो पटक मृत्यु भएको राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताउनुभयो ।
अमेरिकामा सन् २०२० फेब्रुअरीमा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो ।त्यसको एक वर्षपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख पुगेको छ ।हाल अमेरिकामा ६ करोड १० लाख जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख व्यक्तिले खोपको पूरै मात्रा लगाएको अमेरिकी औषधि विभागले जनाएको छ ।