अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

ओलीद्धारा राजनीतिक अस्थितरता कायम गर्नकै लागि संसद विघटन – उपेन्द्र यादव

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:०९ मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थितरता कायम गर्नकै लागि प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरता बढाएर निरंकुश तन्त्रलाई जारी राख्नकै लागि गैरसंवैधानिक कदम उठाएको आरोप लगाउनुभयो ।

सोमबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको उर्दु अनुवादलाई विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओली संघीय प्रणाली समाप्त पार्ने खेलमा लागेको बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री ओलीको योजना आफ्नो निरंकुशतन्त्रलाई निरन्तर तन्काइ राख्ने रहेको आरोप समेत लगाउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू