अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारालाई कारबाही दायरालमा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै किसिमको दवावमा नपरी निर्मलाका हत्यारालाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो । उहाँले निर्मलाको हत्यारालाई कारबाही गर्न दृढताका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्र्दै प्रधानमन्त्री ओलीले बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्यारा पत्ता लगाउन त्यहाँका स्थानीय र अन्यले सहयोग गरेकाले प्रहरी सफल भएको बताउँदै निर्मलाको घटनामा संलग्नलाई पनि यथाशीघ्र कानुनको दायरामा ल्याउन निर्देशन दिनुभयो ।

ओलीले आन्दोलन र दवावका कारण अपराधीलाई छुट दिन नहुने बताउँदै दोषीलाई कानुनी कठघरामा आउने जिकिर गर्नुभयो । उहाँले समाजमा विकृत मनस्थित भएका व्यक्तिका कारण बलात्कार र हत्याका घटना बढ्ने गरेकाले त्यसमाथि राजनीति नगर्न पनि आग्रह गर्नुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम राज्यको भएकाले राज्य आफ्नो कर्तव्यबाट पछि नहट्ने ओलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू