अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

नेपाल सुपर लिग प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:०७ मा प्रकाशित

नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग एनएसएल प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरबाट ७ टिमको सहभगिता रहने छ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन् । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिईएको बताउनुभयो ।

प्रतिक्रिया