अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

सबै पर्यटन गतिविधि सञ्चालन गर्न दिन व्यवसायी माग

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:०३ मा प्रकाशित

पर्यटन व्यवसायीहरुले सबै किसीमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचालु गर्न दिन सरकारसँग माग गरेका छन् ।पर्यटन व्यवसायीहरुका सबै छाता संगठनहरुले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी सुरक्षा मापदण्डका आधारमा सेवा दिनेगरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन् ।
देशमा सभा, विरोध, जुलुस लगायतका कार्यक्रमहरु दैनिक रुपमा भइरहदा कोरोना संक्रमणको जोखिम नहुने तर विदेशी पर्यटक नेपाल घुम्न आउँदा जोखिम हुने कुरालाई नमान्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले देशमा दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम हुँदैन भने विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिदा पनि कोभिड संक्रमणको जोखिम नहुने बताउनुभयो ।नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीहरुले पटकपटक आफ्ना मागहरु सरकारसँग राख्दा समेत सरकारले सुनुवाई नगरेको बताउनुभयो ।

कोभिडबाट सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्रका व्यवसायीहरुले अहिले सम्म पुनरकर्जा कोषको सुविधा लिन नपाएको गुनासो समेत गरेका छन् । सरकारले राहतको रुपमा कोष निर्माण गरेपनि पहुँच हुनेहरुले मात्रै सुविधा पाएको तर साना पर्यटन व्यवसायीहरुले अहिलेसम्म कुनै सुविधा पाउन नसकेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू