अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६
| Colorodo: 12:11
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा हाल सम्म कोरोना सङ्क्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको छ ।