अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 03:31

सर्वोच्वको फैसला नजिकिंदै गर्दा प्रधानन्यायाधीश र प्रधानसेनापति बीच भेटघाट

बिआरटीनेपाल २०७७ फागुन १० गते ६:५७ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । आज दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको हो । प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको छ ।

क्याभलरीको जग्गा सर्वोच्च अदालतको नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालत परिसरको निरीक्षण गर्नुभएको थियो, र अदालतको परिसर साँघुरो भएको प्रतिक्रिया दिनुभएको थियो । त्यसैले सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो ।

यो बिषयमा छलफल भएको भनिएपनि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर हेर्दाहेर्दैमा रहेको बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू