अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

गीता पुन र गायक ऋषि खड्काको नयाँ म्युजिक भिडियो ‘मया पिरिम’सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन ९ गते १०:१६ मा प्रकाशित

काठमाडौँ । यति बेला नेपाली साङ्गीतिक बजार तातिएको छ, न तातियोस् पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो! गीत सङ्गीत भन्ने बित्तिकै जस्तोलाई पनि सहज मनोरञ्जन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन । नेपाली साङ्गीतिक बजारमा दिन प्रतिदिन नयाँ गीत भित्रिने क्रम बढ्दो छ ।

यस्तैमा जीवनमा कसैलाई मन पराइन्छ भने उ प्रति कहिले काहि घुर्कीपन पनि आउन सक्दछ, किन कि जसलाई मन देखि माया गरिन्छ , त्यो मायालाई पाउन यस्ता प्रगाढ गर्ने गरिन्छ। यस्तै कथामा आधारित गीत भर्खरै मात्र गायक ऋषि खड्का र समीक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।

हाल काठ्माण्डौ आफ्नो साङ्गीतिक कर्मथलो बनाई रहेका ऋषि खड्काले यस अघि पनि थुप्रै गीतहरू बजारमा ल्याएर असङ्ख्य श्रोता तथा दर्शकहरूको मन जितिसकेका छन् । गायक ऋषि खड्का र समीक्षा अधिकारीको नयाँ साङ्गीतिक कोसेली “मया पिरिम ” श्रोता दर्शक माझ लिएर आएका छन्। सर्जक तथा गीतकार रबिन लामिछानेको उत्कृष्ट शब्द सिर्जना राजेको गीतमा ऋषि खड्का गायक आफैले सङ्गीत भरेका छन् भने केशव बाडुले एरेन्ज गरेका हुन्।

मौसम हिमालीको निर्देशनमा रहेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी र विजय पुन(पथर्को मुटु) को अभिनय रहेको भिडियोमा अन्य कलाकारहरूले साथ दिएका छन् । शिव शरण न्यौपानेले छायाङ्कन गरेको भिडियोलाई प्रवीण हुन् भने निम्रोध राईले साथ दिएका छन् । भिडियोमा कैद दृश्य उपत्यका र काभ्रेका विभिन्न रमणीय ठाउँमा छायाङ्कन गरिएको गीतको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् । मया पिरिम बोलको गीत गायक ऋषि खड्काको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया